बैंकिङ खबर । आयोजनाको कवि सम्पूर्ण काम सकेको लिबर्टी इनर्जीले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । आइपीओका लागि धितोपत्र बोर्डले अनुमति दिइसकेको लिबर्टीको आइपीओ भदौ ३ गतेबाट खुल्ला गरिएको छ । कम्पनीले निर्माण गरेको जलविद्युत् आयोजनाले आगामी बैशाखबाटै विजुली उत्पादन सुरु गर्ने छ ।
आयोजनाको अधिकांश निर्माण कार्य सकिएको छ । उक्त कम्पनीद्धारा उत्पादित विद्युत् जडान प्रसारण लाइन तथा सवस्टेशनको लागि नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको प्रसारण लाइनको काम सकिएलगत्तै वैशाखभित्रै आयोजना प्रणालीमा जोडिने भएको छ । आइपीओमा (साधारण सेयर) मा लगानी गर्न चाहानेका लागि लमजुङको दोर्दी खोलामा २५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरेको लिबर्टी इनर्जी एउटा अबसर हुन सक्ने छ । किन कि उक्त कम्पनीद्धारा निर्माण गरिएको आयोजनामा ९८ प्रतिशत काम सकिएको छ भने आगामी असोज महिना सम्ममा बिजुली उत्दन सुरु हुने तयारी छ ।
सो कम्पनीले ३७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ । जसमा आयोजना प्रभावितको लागि १५ लाख कित्ता र सर्वसाधारणको लागि २२ लाख ५० हजार कित्ता सेयर जारी गरिने कम्पनीले जनाएको छ । यसको निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । हाल सम्पूर्ण निर्माण कार्य सम्पन्न भई आगामी बैशाखभित्र विद्युत उत्पादन गर्ने गृहकार्य सुरु भएका कारण लगानीकर्ताले ढुक्कले लगानी गर्न सक्ने अबस्था रहेको लिबर्टी इनर्जीका निर्देशक राम पाण्डेको भनाई छ ।