
बैंकिङ खबर । वोमी लघुवित्त लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा भरत सिंह थापा नियुक्त हुनुभएको छ । संस्थाको सञ्चालक समितिको निर्णयानुसार स्वतन्त्र सञ्चालकमा त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक भरत सिंह थापालाई आज मिति २०७७ भाद्र १ गते देखि लागु हुने गरी नियुक्त गरिएको छ । ब्यवस्थापनमा एम.फिल.को अध्ययन पुरा गर्नुभएका थापाले शिक्षण पेशामा विगत १४ वर्षदेखि निरन्तर कार्यरत हुनुहुन्छ ।