बैंकिङ खबर । कोरोना संक्रमण बढेसंगै विभिन्न स्थानीय निकायले बेंकवित्तमा नगद कारोबार बन्द गर्न निर्देशन दिन थालेका छन् । यसैक्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगद कारोबार नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । कोरोना संक्रमण फैलीएपछि नगद कारोबार बन्द गर्न नगरपालीकाले निर्देशन दिएको हो । निर्देशन अनुसार भदौ १० गतेसम्म नगरपालिका भित्रका सबै बैंक, वित्तीय संस्था ।र र सहकारीलार्य समेत नगद कारोबार बन्द गर्न भनिएको छ ।
