Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा प्रारम्भिक शेयर निष्काशन गर्ने

२०७७ श्रावण २९ गते

बैंकिङ खबर । रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले मिति २०७७/०५/०४गते देखि सर्वसाधारणमा रु.१०० अंकित दरका ६३,००,००० कित्ता शेयरको प्रारम्भिक निष्काशन गर्ने भएको छ । कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात् रु.६३ करोड रुपैयाँ बराबरको शेयर सार्वजनिक निष्काशन गरे पश्चात् कम्पनीको चुक्तापूँजी रु.२ अर्ब १० करोड कायम हुनेछ । सो शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लि. रहेको छ ।

सार्वजनिक निष्काशन गरिने ६३,००,००० कित्ता शेयर मध्ये कम्पनीमा कार्यरत कर्मचारीको लागि ३,१५,००० कित्ता शेयर, नेपाल धितोपत्रबोर्ड बाट स्वीकृति प्राप्त सामुहिक लगानी कोषको लागि ३,१५,००० कित्ता शेयर र बाँकी ५६,७०,००० कित्ता शेयर सर्वसाधरणको लागि निष्कासन गरिनेछ । बीमा समिति बाट पछिल्लो समय इजाजत प्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हुनेछ । कम्पनीले बजारको माग अनुरुप नयाँ तथा उत्कृष्ट बीमा योजनाहरु प्रतिस्पर्धात्मक बीमा शुल्कमा ल्याई आफ्नो सेवाको गुणस्तरलाई उच्च राखीकार्य गरिरहेको छ । साथै डिजिटाइजेशनलाई समेत आत्मसाथ गर्दै आफ्नो सेवाको गुणस्तर थप वृद्धि गर्न लागि परेको छ ।

सिद्धार्थ बैँक लि. लगायत नेपालका प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले मिति २०७४÷०८÷०१ गतेदेखि विधिवत् रुपमा जीवन बीमा व्यवसाय संचालन गर्दै हाल १०० वटा शाखा÷उपशाखा कार्यालयहरु मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । शेयर निष्काशन सम्बन्धि बिस्तृत जानकारीको लागि कम्पनीको मिति २०७७÷०४÷२८गतेको राष्ट्रिय दैनिकमा (कारोबार राष्ट्रिय दैनिकमा) प्रकाशित आह्वानपत्र वा कम्पनीको वेबसाइट हेर्न सकिनेछ ।