बैंकिङ खबर । नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा कार्यरत उक्त कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
उनी मुद्रा व्यवस्थापन विभागमा कार्यरत रहेको जनाइएको छ । कर्मचारीमा कोरोना देखिएपछि मुद्रा व्यवस्थापन विभाग सिल गरिएको र उनको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकमा कोरोना देखिएपछि मुद्रा व्यवस्थापन विभाग सिल
२०७७ श्रावण २८ गते