बैंकिङ खबर । कोरोना भाइरसका कारण थप ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा ९२ जनाको मृत्यु भएको छ । थप ४८४ जनामा संक्रमण देखापरेसँगै कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । १६ हजार ७२८ जना भने निको भएर घर फर्किएका छन् । थप मृत्यू हुनेहरुमा सप्तरी एक , महोत्तरी एक, बारा एक, किस्ट अस्पतालमा दुई, ह्याम्स अस्पताल १, मेडिसिटी १, पाटन १, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १, बुटवल कोरोना विशेष अस्पताल १ र कोशी कोभिड अस्पतालमा एकएक जना रहेका छन् ।