Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

संस्थानका कर्मचारीले सञ्चय कोषबाट पेन्सन पाउने

२०७७ श्रावण २८ गते

सार्वजनिक संस्थानमा आबद्ध कर्मचारीले पाउने योगदानमा आधारित निवृत्तीभरण (पेन्सन) तथा उपदानको व्यवस्थापन अव कर्मचारी सञ्चय कोषले गर्ने भएको छ । सञ्चय कोषले यसअघि निजामति, सेना, प्रहरी, सार्वजनिक संस्थान, र निजी व्यावसायिक प्रतिष्ठानका कार्मचारीहरूको ‘सञ्चय कोष’ व्यवस्थापन गर्दै आएको थियो । गत साता सरकारले एक निर्णय गर्दै सार्वजनिक संस्थाका कर्मचारीहरूले अवकासपछि पाउने सञ्चय कोष, पेन्सन र उपदानको व्यवस्थापन गर्ने जिम्मा सञ्चय कोषलाई नै दिने भएको हो ।
सञ्चय कोषले यसअघि निजामति, सेना, प्रहरी र राज्यकोषबाट तलव खाने कर्मचारीको पेन्सनको व्यवस्थापनको जिम्मेवारी पाइसकेको छ । सरकारको नयाँ निर्णयले २०७६ साउन १ गतेपछि सरकारको लगानी भएका सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरूको पेन्सन र उपदानको व्यवस्थापन गर्ने छ । जसअनुसार ५५ सार्वजनिक संस्थानका कर्मचारीको पेन्सन र उपदानको व्यवस्था कोषले गर्ने छ । निर्णयअनुसार नेपाल राष्ट्र बैंक, बिमा समिति, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल नागरिक उडड्यन प्राधिकरण, विश्वविद्यालय, ३७ संस्थान, सञ्चय कोष र नागरिक लगानी कोषका कर्मचारीहरू यसमा समावेश हुने छन् । निजामति, सेना, प्रहरीलगायत राज्यकोषबाट तलव लिनेले ६ प्रतिशत योगदान गर्ने र सरकारले ६ प्रतिशत दिने व्यवस्था छ । तर, सार्वजनिक संस्थाका कर्मचारीहरूलाई स्किम ल्याएर योगदानमा आधारित पेन्सन र उपदान दिने काषको तयारी छ ।
पेन्सनका लागि कर्मचारी र संस्थाले गर्ने योगदान स्पष्ट भइसकेको छैन । सञ्चय कोषले प्रत्येक सार्वजनिक संस्थासंग सम्झौता गरेपछि स्पष्ट हुने छ । यो निर्णय २०७६ साउन १ गतेदेखि नियुक्त भएका सार्वजनिक तथा संगठित संस्थाका कर्मचारीहका हकमा लागू हुने छ । सो समयभन्दा अघि नियुक्त भएका कर्मचारीलाई दिने पेन्सन उपदान दायित्व संस्थान आफैले व्योहर्ने निर्णयमा उल्लेख छ । वार्षिक अर्बौं रुपैयाँ पेन्सन तथा उपदानको दायित्व वहन गर्न असहज अवस्था आएपछि सरकारले निजामति प्रहरी, सेनालगायत राज्यको कोषबाट तलव लिने सबै कर्मचारीहरूलाई योगदानमा आधारित पेन्सन दिने व्यवस्था गरेको छ ।

कारोबार दैनिकमा प्रकाशित सामाचार ।

Ad