Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ क्षेत्रद्धारा भेटघाटमा कडाई, प्रविधिको प्रयोग गर्न अनुरोध

२०७७ श्रावण २२ गते

बैंकिङ खबर । बैंकिङ क्षेत्रले भेटघाटमा कडाई गर्नुका साथै प्रविधिकै प्रयोगमा जोड दिएका छन् । बेंकका काउन्टरहरुमा सकेसम्म भिड नगर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ । देशका विभिन्न जिल्लामा लकडाउन भएसँगै र काठमाडौं उपत्यकामा जोरबिजोर लागु भएसँगै बैंकवित्तले भेटघाटलाई कम गरेका छन् । अत्याबश्यक काम बाहेक बैंकका अफिसरहरुले पनि भेटघाट हटाएका छन् । त्यसैगरी क्यास कारोबार कम गर्न र प्रविधिलाई जोड दिन बेंकिङ क्षेत्रले उपभोक्ताहरुलाई आग्रह गरेर सूचना प्रकाशन गरेका छन् ।

कोरोना संक्रमण बढेसँगै बैंकवित्तमा सन्त्रास थपिएको छ । कोरोना परिक्षण रिपोर्टमा विभिन्न बैंकका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकवित्तको फ्रन्टलाइनमा काम गर्नेहरुमा सन्त्रास थपीएको हो । काठमाडौं बाहीर रहेका बैंकका शाखाहरुमा काम गर्ने कर्मचारीमा बढी सन्त्रास बढेको छ । बिरगञ्ज, धादीङ, इटहरी, धनगढी लगायतका ठाउँमा बैंकमा काम गर्ने केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । बिभिन्न बैंकहरुले यसबारेमा आधिकारीक जानकारी र सूचनाहरु बटुल्ने काम गरीरहेको जनाइएको छ ।

उता गण्डकी प्रदेशस्थित गोरखा नगरपालिमा एक युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि वडानै सिल गरिएको छ। वडा अध्यक्ष कुल बहादुर कुँवरले सूचना जारी गरी वडा सिलसँगै वडा कार्यालयबाट प्रवाह हुने सेवाहरु पनि बन्द गरेको बताएका छन् । त्यहाँ अर्को सूचना जारी नभएसम्मका लागि सबै आबश्यक सेवा तथा बैंकवित्त समेत बन्द गरिएको व्यहोराको सूचना टाँस गरिएको छ ।

बीरगञ्ज कोरोना संक्रमणको समस्यामा

बीरगञ्ज र समग्र पर्सा जिल्ला कोरोना महामारीको संक्रमण चपेटामा परेको छ । यसअघि असार ३१ गते नारायणी अस्थायी अस्पतालमा १३ वर्षीय कोरोना संक्रमितको मृत्यु भएपछि त्यहाँ सन्त्रास बढ्न थालेको हो । गत साउन ६ गते सोही अस्पतालमा ७० वर्षीय अर्का संक्रमितको मृत्यु भएको थियो । हालसम्म पर्सामा मात्रै ११ जनाको मृत्यु भैसकेको छ । त्यसैगरी ४०५ जना कोरोना संक्रमतिको उपचार भइरहेको र १७६ जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ बैंक, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी प्रहरीगरी सबैजसो क्षेत्रका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । जसले गर्दा अत्यन्तै सन्त्रास बढेको छ ।

उता विराटनगर महानगरपालिकाले साउनभरी बैंकिङ क्षेत्रको नगद कारोबार बन्द गराएको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न साउन ३० गतेसम्म बीराटनगर महानगरपालीकाले पूर्ण रुपमा लकडाउन गरेको छट । जसकारण बैंकमा भिडभाड बढ्ने र संक्रमण फैलिने भन्दै बैंकका क्यास काउन्टरहरु बन्द गरिउको छ । साउन ३० सम्म बैंकबाट भौतिक रूपमा हुने नगद कारोबार बन्द गरिने बताइएको छ । महानगरको आग्रहपछि सबै बैंक तथा वित्तीय संस्थाले बीराटनगरमा काउन्टरहरु बन्द गरेका छन् । डिजिटल भुक्तानी र एटीएमको प्रयोगबाट कारोबार गर्न महानगरले आग्रह गरेको छ ।

Ad