
बैंकिङ खबर । सुनको मूल्य दैनिक अकाशिने क्रम जारी छ । हिजो आइतबार प्रतितोला मूल्य ९६ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य आज १२ सय रुपैयाँले बढेको छ। यसरी सोमबार सुनको मूल्य प्रतितोला १२ सयले बढेर ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। यसैगरी चाँदी पनि प्रतितोला ५५ रुपैयाँले बढेर आज सोमबार १ हजार २ सय रुपैयाँ पुगेको छ । सुनको मूल्य अहिलेसम्मकै उच्च हो ।