बैंकिङ खबर । हाल बजारमा सुनको भाउले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको छ । आज पनि हालसम्मकै उच्च रेकर्ड कायम गर्दै सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुन ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, शुक्रबार प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी हाल प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।