Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आजको मन्त्रिपरिषद बैठकका निर्णयहरु (सुचीसहित)

२०७७ श्रावण ६ गते

बैंकिङ खबर । सरकारले आज श्रावण ५ गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषदका निर्णय सार्बजनिक गर्नुभएको हो । जस अनुरुप अब कोरोना भाइरसको महामारी रोकथामका लागि नेपालमा चैत ११ गतेदेखि गरीएको लकडाउन अन्त्य भएको छ भने लामो दुरीको यातायात भदौ १ गतेदेखि खुल्ने तथा जोर बिजोर प्रणाली अन्त्य भएको छ । तर, सबै प्रकारका सभा, गोष्ठी, तालीम, सबै प्रकारका प्रदशन, भेला तथा सम्मेलन, पाटी प्यालेस,  लगायतका मनोरञ्जन स्थल, ब्युटीपार्लर तथा सिनेमा हल, जिम सेन्टर, धार्मिक क्षेत्र, डान्स बार, सैलुन, पुस्तकालय, चिडियाखाना, समूहमा खेलिने खेल आदि भने बन्द नै रहने छ ।

Ad