बैंकिङ खबर । नेपाली बजारमा सुनको मुल्यमा २०० रुपैयाँले वृद्धि भएको छ । आइतबार ९२ हजार ५ सय रुपैयाँमा पुगेको सुनको मुल्य आज २०० रुपैयाँले बढेको हो ।
आज मंगलबार छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार २६० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।