बैंकिङ खबर । बैंकहरुको बोनस वितरणमा राष्ट्र बैंकले अंकुस नलगाउने भएको छ । अधिकाँस बैंकहरुले बोनस वितरण तत्कालका लागि रोकेका बेला राष्ट्र बैंक उच्च स्रोतले बोनस वितरणमा अंकुस नलगाउने भएको हो । लकडाउन र कोरोनाका कारण बैंकहरुको नाफा नगदमा उठेको छैन । तथापी बैंकहरुको रकम केही ढिला गरेर आउने देखिन्छ । केही प्रतिशत रकम भने खराव कर्जाको सूचि बढेर कम हुने अबस्था छ । लामो समय व्यापार व्यबसाय ठप्प प्राय रहेका कारण बेंकहरुको कर्जा, व्याज र किस्ता असुली हुन सकेको छैन । अधिकाँस बैंकवित्तले साउन पहिलोसाता आउने मौद्रिक नीतिको बाटो पर्खेका छन् ।
नेपाल राष्ट्र बैंक
बोनस वितरणमा राष्ट्र बैंकले अंकुस नलगाउने, बैंकहरु मौद्रिक नीति कुर्दै
२०७७ श्रावण १ गते