बैंकिङ खबर । सुन्धाराको सिभिल मलका व्यवसायीहरुले घरभाडा तिर्न नसक्ने भन्दै सामुहिकरुपमा पसलको ताला चाबी मल सञ्चालकलाई बुझाएका छन् । लकडाउन अवधिभर आम्दानी नभएतापनि भाडामा ताकेता गर्न थालेपछि उनीहरुले पसलको चाबी बुझाएका हुन् । लकडाउन अवधिभरको भाडा छुट गर्नुपर्ने मागमा रहेका व्यवसायी र मलका सञ्चालकहरुबीच कुरा नमिल्दा व्यवसायीले तालाचाबी बुझाएका छन् ।