Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अर्थसमितिबाट प्रतिवेदन पारीत, बैंकबाट १ अर्ब बढी कर्जा लिने कम्पनी पव्लिक लि.मा जानुपर्ने

२०७७ असार २६ गते

बैंकिङ खबर । सांसद रामकुमारी झाँक्री संयोजकमा गठित उपसमितिले तयार पारेको प्रतिवेदन पारित भएको छ । प्रतिवेदन शुक्रबार बसेको अर्थ समितिको बैठकले पारित गरेको हो । १ अर्ब भन्दा बढी कर्जा लिएर कारोबार गर्ने कम्पनीले पव्लिक लि मा जानुपर्ने भएको छ । अब बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ऋण लिइ सञ्चालन हुने कम्पनीहरुलाई पब्लिक लिमिटेडमा अनिवार्य जानुपर्ने कानूनी प्रवन्ध भएको छ । प्राकृतिक स्रोतमा लगानी गर्ने कम्पनीलाई पनि पव्लिक लि मा लगिने छ । प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थालाई ब्रोकरको लाइसेन्स ििलने बाटो खुल्ला भउको छ । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिइने छ ।

Ad