बैंकिङ खबर । लामो समयदेखि बन्द रहेको सेयर बजार भोली सोमबार (असार १५ गते) बाट खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको आइतबारको बैठकले सोमबारदेखि सेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस विषयमा नेपाल धितोपत्र बोर्डले सोमबारबाट बजार खुला गर्न नेप्सेलाई निर्देशन समेत दिइसकेको छ । यसअघि लकडाउनको अवधिमा मंगलबार र बुधबार (वैशाख ३० र ३१ गते) २ दिन बजार खुल्ला गरिएको थियो । उक्त २ दिन नै नेप्सेमा नकारात्मक सर्किट लागेर बजार बन्द भएको थियो । त्यसपछि लगातार नै बन्द रहेको सेयर बजार खोल्न दवाब बढेपछि बोर्डले खोल्ने निर्णय गरेको हो ।
