बैंकिङ खबर । नेपालमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो। यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । संक्रमित मध्ये हालसम्म २ हजार १ सय ४८ जना निको भएका छन्, भने २३ जनाको मृत्यु भएको छ ।
नेपाल राष्ट्र बैंक
थप ५ सय ३५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो
२०७७ असार ८ गते

