बैंकिङ खबर । नीजि शैक्षिक संस्थाले लकडाउन अवधिको पनि शुल्क लिने भएका छन् । उनीहरुले अनलाईन कक्षा र लकडाउनको निरन्तर शुल्क निले बताएका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याव्सन)ले संयुक्त रुपमा बिज्ञप्ति निकालेर अभिभावक सँग लकडाउन अवधिभरको समेत शुल्क भुक्तानी माग गरेका छन् । बाँचौ र बचाऔंको मर्मलाई सामाजिक दुरी कायम गर्दै आफ्ना वालवालिकाको अभिलेखिकरण गराउन र २०७६ साल देखि हालसम्मको बाँकी बक्यौत विद्यालयमा बुझाउन अनुरोध गरिएको छ । लकडाउनका कारण विद्यालयहरु लगातार बन्द रहँदा आम्दानी शुन्य भएकाले विद्यालयमा आश्रित २ लाखभन्दा बढी शिक्षक कर्मचारी र उनीहरुको परिवारमा जीवन यापनमा समस्या परेको भन्दै शुल्क माग गरिएको हो । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले संयुक्त रुपमा हस्ताक्षर गरेको बिज्ञप्तिमा नेपाल सरकाबाट निजी विद्यालयलाई कुनैपनि सहयोग र आश्वशन नभएकाले अहिलेको बिसम परिस्थितीमा अभिभावकहरुलाइ शुल्क भुक्तानी गरेर सहयोग गर्न अनुरोध गरिएको छ ।
