बैंकिङ खबर । बैंकिङ क्षेत्रले सरकारले तोकेकै समय अवधि अर्थात असार ७ भित्रै कर बुझाएर सरकारलाई सहयोग गर्ने भएका छन् । कर बुझाउने दायित्वबाट विमुख नहुने भन्दै बैंकहरुले सरकारलाई तोकिएकै समयमै कर बुझाउने निर्णय बैंकर्स संघले गरेको हो । बैंकहरुले अब कर बुझाउन सुरु गर्ने छन् । बैंकहरुले चैत र बैशाख महिनामा बुझाउनु पर्ने टीडीएस तथा अन्य कर र किस्ता रकम असार ७ गतेभित्रै बुझाउने भएका हुन् । बैकिङ क्षेत्रले सरकारलाई चैतसम्मको कर्पोरेट करवापत मात्रै करिव २२ अर्ब ८२ करोड ४० बुझाउने छन् ।