बैंकिङ खबर । हाल बैंकिङ कसुरमा जेल बसिसकेका योगेन्द्र श्रेष्ठमाथि पनि सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा दायर गरिएको छ । नेपाल सेयर मार्केट्सका तत्कालीन कार्यकारी अध्यक्ष रहेका श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । श्रेष्ठले एक अर्ब ७१ करोड ६३ लाख रुपैयाँ अकुत सम्पत्ति आर्जनको आरोप छ ।