Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्तो छ बर्तमान : कर्जा, निक्षेप र तरलताको अबस्था

२०७७ असार ३ गते

मुद्राप्रदाय
आर्थिक वर्ष २०७६/७७ को १० महिनामा विस्तृत मुद्राप्रदाय १०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १०.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा विस्तृत मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु.१२० अर्ब ९० करोड (१२.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.६८ अर्ब २० करोड (६.५ प्रतिशत) ले घटेको थियो ।
समीक्षा अवधिमा सञ्चित मुद्रा २.७ प्रतिशतले घटेकोे छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ८.१ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा सञ्चित मुद्रा ४.३ प्रतिशतले बढेको छ ।

कुल आन्तरिक कर्जा : 
समीक्षा अवधिमा कुल आन्तरिक कर्जा १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा १४.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा यस्तो कर्जा १६.७ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १७.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १४.४ प्रतिशतले बढेको छ ।

  • निक्षेप परिचालन
    समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो निक्षेप ११.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १७.३ प्रतिशतले बढेको छ ।

२०७७ वैशाख मसान्तमा चल्ती, बचत र मुद्दती निक्षेपको कुल निक्षेपमा क्रमशः ८.६ प्रतिशत, ३२.६ प्रतिशत र ४८.६ प्रतिशत

  • अंश रहेको छ (तालिका २) । अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३२.८ प्रतिशत र ४७.८ प्रतिशत रहेको थियो ।
    २०७७ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको छ । २०७६ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४५.७ प्रतिशत रहेको थियो ।
  • कर्जा प्रवाह :
    समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १३.२ प्रतिशतले बढेको छ ।
    बैंक तथा वित्तीय संस्थाको २०७७ वैशाख मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.४ प्रतिशत घरजग्गाको धितोमा र १३.२ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.२ प्रतिशत र १३.८ प्रतिशत रहेको थियो ।
    समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १३.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्र्फ १२.१ प्रतिशत, निर्माण क्षेत्रतर्फ १२ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १५.१ प्रतिशत र सेवा क्षेत्रतर्फ १८.५ प्रतिशतले कर्जा बढेको छ ।
    समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २५ प्रतिशत, ओभरड्राफ्ट कर्जा ५.७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १९.२ प्रतिशत, डिमान्ड तथा चालु पँुजी कर्जा ११.५ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ४.३ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ०.४ प्रतिशतले घटेको छ ।

तरलता व्यवस्थापन :

  • समीक्षा अवधिमा रिपोमार्फत रु.११५ अर्ब ३३ करोड र स्थायी तरलता सुविधामार्फत रु.९९ अर्ब ६८ करोड गरी कुल रु.२१५ अर्ब १ करोड तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत रु.१०२ अर्ब १५ करोड र स्थायी तरलता सुविधामार्फत रु.१४ अर्ब ६५ करोड गरी कुल रु.११६ अर्ब ८० करोड तरलता प्रवाह भएको थियो ।
  • आर्थिक वर्ष २०७६÷७७ को दश महिनामा खुला बजार कारोबारमार्फत कुल रु.५८ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.१०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो ।
  • समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक) बाट अमेरिकी डलर ३ अर्ब १ करोड खुद खरिद गरी रु.३४७ अर्ब २८ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ५७ करोड खुद खरिद गरी रु.२९२ अर्ब ८ करोड तरलता प्रवाह गरिएको थियो ।
  • समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब १८ करोड बिक्री गरी रु.३६४ अर्ब ७४ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ५० करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी रु.४३३ अर्र्ब ६१ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो ।

पुनरकर्जा :

  • उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिदै आएको पुनरकर्जा २०७७ वैशाख मसान्तमा रु.१६ अर्ब ६५ करोड लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा रु. १४ अर्ब १२ करोड र निर्यात पुनरकर्जा रु.७४ करोड ४४ लाख उपयोग भएको छ ।
  • भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ चैत मसान्तमा रु.१ अर्ब ७९ करोड रहेको छ । यस्तो कर्जा १५९६ ऋणीले उपयोग गरेका छन् ।
Ad