बैंकिङ खबर । आर्थिक वर्ष ०७७/०७८ का लागि सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोडको बजेट बिनियोजन गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट प्रस्तुत गरेका हुन्। आगामी आर्थिक वर्षको कुल विनियोजन मध्ये चालू तर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार, पुँजीगत तर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजारको बजेट विनियोजन गरीएको छ ।