Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरुलाई अस्वभाविक नाफा नखोज्न अर्थमन्त्रीको आग्रह

२०७७ जेष्ठ ३२ गते

बैंकिङ खबर । अर्थमन्त्री युवराज खतिवडाले बैंकहरुलाई सामान्य नाफाको अवस्थामा राखेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकको छलफलका क्रममा खतिवडाले यस्तो बताएका हुन् । उनले अहिलेको विषम परिस्थितिमा अस्वभाविक नाफा खोज्दा उद्योगहरु टाँट पल्टिन सक्ने र बैंकहरु पनि अफ्ठ्यारोमा पर्ने उल्लेख गरे । अस्वभाविक नाफाको लोभमा बैंकहरू जान खोजेमा उद्योग धन्दाहरू समस्यामा पर्ने र बैंकहरू पनि अप्ठ्यारोमा पर्ने खतिवडाको भनाइ छ ।
यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको आर्थिक विधेयक बहुमतले पारित भएको हो । बैठकले ५ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ राष्ट्र ऋण उठाउने गरी सरकारले ल्याएको विधेयकलाई बहुमतले पारित गरेको हो । यस्तै, विधेयकमाथि दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिदै अर्थमन्त्री खतिवडाले जबसम्म कुल गार्हस्थ उत्पादनको न्युनतम ३० प्रतिशतभन्दा बढी राजस्व उठ्दैन तबसम्म ऋणमा भरपर्नुपर्ने अवस्था रहने बताए । उनले सरकारको खर्च नै कुल गार्हस्थ उत्पादनको एक तिहाई रहेकाले ऋण उठाउनैपर्ने बाध्यता रहेको प्रष्ट्याए ।

Ad