Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समितिले असार १ गतेदेखि लकडाउन अवधिको मान्यता नदिने

२०७७ जेष्ठ ३२ गते

बैंकिङ खबर । बीमा समितिले असार १ गतेदेखि नेपाल सरकारबाट लकडाउन मोडालिटी परीवर्तन हुने भएकाले भोली अर्थात असार १ गतेबाट लकडाउन अवधि मान्यता नदिने भएको छ । 
समितिले यसअघि निर्देशन जारी गर्दै लकडाउन अवधिमा सवारी साधन थन्किने भन्दै सो अवधिको बीमा प्रिमियममा बीमितलाई दुई तिहाई छुट दिन निर्देशन दिएको थियो । समितिले मोटर बीमा सम्बन्धि निर्देशिका २०७३ को दफा ७.९.१ बमोजिम थन्कीएको सवारी साधनहरुको सम्बन्धमा बीमितलाई लिखित रुपमा पूर्वसूचना दिनु पर्ने उल्लेख गरेको छ ।