
अश्वेत व्यक्ति जर्ज फ्लोडको पुलिस यातनाबाट मृत्युभएपछि अमेरिका रंगभेदको बिरूद्ध लडिरहेको छ । फ्लोयडको हत्या जातीय विभेदको एक उदाहरण मात्र होईन, यसबाट अन्य असमानता पनि छ भन्ने बुझ्न सकिन्छ । गोरो भन्दा अश्वेत वर्गलाइ अमेरिकामा लगभग सबै कुराहरु कम छ । तिनीहरू केवल सामाजिक भेदभावको बिरूद्ध मात्र लडिरहेका छैनन्, आर्थिक असमानता, शिक्षा वा सुविधा जस्ता धेरै कुराहरुबाट वञ्चित भइरहेका छन् । यहासम्मकी उनीहरूलाई आफ्नो घर किन्न समेत समस्याहरू पर्ने गर्दछ ।
अश्वेतको आय श्वेतको भन्दा कम
अश्वेत वर्ग शिक्षा र बच्चाहरूको हेरचाहमा समेत पछाडि छन् । यसको कारण हो उनीहरूको आय कम हुनु । एक अश्वेत युवा दम्पतीको औसत आय करिब २७ लाख रूपैयाँ हुन्छ, जबकि श्वेतमा ६० लाख रूपैयाँ हुने गर्दछ । मिश्रित जातको परिवारमा ४८ लाख रूपैयाँ छ ।
बचत ३ गुणा कम
फेडरल रिजर्भका अनुसार अश्वेतहरू झन्डै तीन गुणा पछाडि हुन्छन् । श्वेतहरूको परिवारको खातामा औसत बचत १.१३ करोड रुपैँयाको बचत हुन्छ, जबकी अश्वेतहरूको खातामा करीब ३२.२५ लाख बचत छ ।
कलेज शिक्षा
स्नातक पूरा गर्न अश्वेतहरू सबैभन्दा पछाडी छन् । ६५ प्रतिशत अश्वेतहरुमा केवल ३९ प्रतिशतले मात्र स्नातक पूरा गरेका हुन्छन् ।
एजुकेशन लोन र डिफल्ट
कलेज शिक्षाले वित्तीय सुरक्षाको लागि मार्गदर्शन गर्दछ, तर २१ प्रतिशत अश्वेतरू ऋण चुक्ता नगरेका कारण डिफल्टर हुन्छन् । जबकि श्वेतहरु ४ प्रतिशतमा छन् ।
श्वेतकको तुलनामा दुई गुणा बढी ऋण
अश्वेत विद्यार्थीहरूले स्नातक डिग्रीको लागि औसत ४८ लाख लिन्छन्, जबकि श्वेतहरु १५ लाख सम्म ऋण लिन्छन् । अश्वेतहरुको तर्फबाट ऋण चुक्ता गर्नमा पनि ढिलाइ हुन्छ ।
घर किन्न ५० वर्ष पछि
अश्वेतहरु घर किन्ने मामिलामा ५० वर्ष पछि छन् जबकी ७२ प्रतिशत श्वेतहरुको आफ्नै घर हुन्छ ।
रीटायरमेन्ट योजनामा पनि पछाडि :
पेन्सन, सेवानिवृत्ति योजना, होम इक्विटी र सामाजिक सुरक्षामा पनि श्वेतहरु अगाडि छन् । उनीहरूसँग बढी स्रोत साधनहरू पनि छन् । ६० प्रतिशत श्वेत परिवारहरूको कम्तिमा एउटा रीटायरमेन्ट खाता हुन्छ, जबकि अश्वेत परिवारहरूको केवल ३४ प्रतिशतसँग यस्तो खाता हुन्छ । फेडरल रिजर्भका अनुसार अश्वेतले श्वेतको तुलनामा आउँदो पुस्ताको लागि पर्याप्त बचत वा सम्पत्ति छोड्न सक्दैनन् ।
श्वेतजस्तै योग्यता भए पनि, २७ प्रतिशत कम तलब
आर्थिक नीति संस्थाका अनुसार २०१९ मा योग्यता भए पनि सेता कालोको औसत तलबमा फरक देखिएको छ, यदि श्वेत वर्गलाई कामको लागी एक डलर दिइन्छ भने अश्वेत वर्गलाई केवल ७३ सेंट दिइन्छ । अर्थात २७ प्रतिशत कम ।
