Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना लामो समय सम्म रहे अझै खराब अवस्था हुने, रिकभरीमा अनिश्चितता : आईएमएफ

२०७७ जेष्ठ ३१ गते

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्व अर्थतन्त्रको गम्भीर चित्र प्रस्तुत गरेको छ । आईएमएफका प्रमुख अर्थशास्त्री गीता गोपीनाथका अनुसार कोरोना भाइरस महामारीको कारणले विश्वव्यापी अर्थतन्त्रमा आएको गिरावट डरलाग्दो छ र रिकभरी आउटलुक अझै अनिश्चित छ । आईएमएफले अप्रिलमा विश्व अर्थतन्त्रमा ३ प्रतिशतको गिरावटको पूर्वानुमान गरेको थियो, तर गोपीनाथका अनुसार २४ जुनमा आउने नयाँ अनुमान अझ खराब हुन सक्छ ।

रिकभरीमा अनिश्चितता

एसियाली मौद्रिक नीति फोरमको सातौं भर्चुअल बैठकमा बोल्दै गीता गोपीनाथले रिकभरी बारे गहन अनिश्चितता रहेको उल्लेख गरीन् । उनले यातायात जस्ता क्षेत्रहरुमा कोरोनाले व्यापक घाटा गरेका साथै रोजगारी गुमाउने जोखिम बढाएको बताइन् । यस बाहेक उपभोक्ताको व्यवहारमा परिवर्तन आएको छ । उनका अनुसार आज सबै रिकभरलाई लिएर चिन्तित छन् ।

कोरोना लामो समय सम्म रहे अझै खराब अवस्था हुने

आईएमएफले अप्रिलमा विश्व आर्थिक दृष्टिकोण जारी गरेको थियो । यसमा कोरोना महामारी लामो समय सम्म रहे, आर्थिक स्थिति झनै नराम्रो हुन सक्ने उल्लेख रहेको थियो । गत हप्ता, विश्व बैंकले विश्व अर्थतन्त्रमा ५.२ प्रतिशत गिरावटको पूर्वानुमान गरेको थियो । विश्व बैंकले आर्थिक मोर्चामा यो १५० बर्षमा सबैभन्दा खराब अवस्था रहेको जनाएको हो ।

मे महिनामा वैश्विक जीडीपीमा २.३ प्रतिशत गिरावटको अनुमान
विश्वभरिका सरकारहरूले कोरोना भाइरसको कारणले भएको अर्थव्यवस्थालाई भएको क्षतिपूर्ति गर्न धेरै कदमहरू चालिसकेका छन् । यसको नतिजा पनि अगाडि आउँदैछन् । लकडाउनका कारण अप्रिलमा विश्वभरमा जीडीपी ४.८ प्रतिशतले गिरावट आएको थियो, तर यो मे महिनामा सुधार हुने अपेक्षा गरिएको छ । मे महिनामा जीडीपी वृद्धि दरमा २.३ प्रतिशतले घट्ने अनुमाने छ । अर्थात, विश्वको जीडीपीमा गिरावटको दर आधा हुनेछ ।

Ad