Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो

२०७७ जेष्ठ ३१ गते

बैंकिङ खबर । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणबाट थप २ जनाको मृत्यु भएको बताउनुभएको हो । यो सँगै हाल देशभर कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ, भने देशभर कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । संक्रमित मध्ये हालसम्म ९ सय १३ जना निको भएका छन् ।

Ad