बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डको २०७७ साल बैशाख २६ गतेको निर्देशानुसार २०७७ श्रावण देखि अनिवार्य रुपमा विधुतीय माध्यमबाट मात्र शेयर कारोबार गर्नुपर्ने तथा हालको अकल्पनीय विश्वव्यापी महामारीका रुपमा फैलिईरहेको नोभल कोरोना (ऋइख्क्ष्म् – ज्ञढ) का कारणले घरबाट बाहिर निस्कने असहज परिस्थीतीलाई ध्यानमा राख्दै हिमालयन क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज लगानी तथा शेयर कारोबार गर्न अनलाईन मार्फत डिम्याट र मेरो शेयर खाता खोल्ने व्यवस्था मिलाएको छ (शेयरको दोस्रो बजारमा कारोबार गर्नु अघि भौतिक रूपले कार्यालयमा उपस्थित हुने शर्तमा) साथै २०७७ असार मसान्त सम्म उल्लेखित खाता खोल्दा कुनै पनि शुल्क लाग्ने छैन ।
हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै विश्वासका साथ गुणस्तरिय सेवामार्फत आफ्ना ग्राहक तथा लगानीकर्ताहरुलाई पुंजीबजारमा सवल तथा सुसुचित भई सहज लगानी तथा शेयर कारोबार गर्न प्रोत्साहन गर्दै आईरहेको छ ।
डिम्याट तथा मेरो शेयर खाता संगै हिमालयन क्यापिटलले पुंजी बजारमा आफ्ना ग्राहक तथा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूती र शेयर रजिष्ट्रेशन सेवा प्रदान गर्दै आइरहेको छ ।