सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। सरकारले असार १ गतेदेखि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै निजी सवारी साधान जोरबिजोर प्रणालीमा सञ्चालन गर्नुका साथै सामाजिक दूरी कायम गरेर स्वास्थ्यसँग सम्बन्धित सबै सेवा, कृषि र उत्पादनसँग जोडिएका सेवा, उद्योग, ब्यापार, डिपार्टमेन्टल स्टोर र पसल समेत संचालन गर्न पाइने भएको जनाएका छन् ।
पुरा विवरण हेनुहोस् ।