सरकारले पसल खोल्न दिने र निजी सवारी साधनलाई जोर बिजोर गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बुधबार बसेको बैठकले लकडाउन खुकुलो बनाउँदै लाने निर्णय गरेको हो । नयाँ मोडालिटी अनुसार कोरोना भाइरसको रोकथामका लागि निश्चित नियम पालना गरी सवारी सञ्चालन गर्न अनुमति दिइने भएको छ । यो प्रणाली काठमाडौं उपत्यका साथै कोरोना भाइरसको संक्रमण कम भएका स्थानमा लागु हुने जनाइएको छ । सार्वजनिक सवारी साधन भने तत्काल चल्न पाउने छैनन् । लकडाउनले व्यापक असर पारेपछि लकडाउन खुकुलो बनाउन दबाब बढ्दै आएको थियो ।
नेपाल राष्ट्र बैंक
पसल खोल्न दिने र निजी सवारी साधनलाई जोर बिजोर गर्ने मन्त्रिपरिषद्को निर्णय
२०७७ जेष्ठ २८ गते