बैंकिङ खबर । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारदेखि सुनचाँदीको मूल्य तोकेको छ । कोरोनाभाइरस रोकथामका लागि ११ चैतदेखि गरीएको लकडाउनले सुन चाँदीको कारोबार र मूल्य तोकिएको थिएन । तर नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतवारबाट लागू हुने गरी सुनचाँदीको मूल्य तोकेको हो ।
लकडाउन गरेको झण्डै सांढे दुई महीनापछि आजबाट सुनचाँदीको कारोबार शुरु भएको छ ।
आज सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९६० रुपैयाँ तोकिएको छ । यसअघि चैत १० गते लकडाउन अघि सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ थियो । सरकारले बजेटबाट सुनको भन्सार दर बढाउने निर्णय गरेसँगै सुनको मूल्य बढेको हो ।