बैंकिङ खबर । लकडाउनका कारण बन्द रहेका मालपोत कार्यालयहरु आइतबारदेखि खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गर्दै आइतबारबाट सबै कार्यालय खोल्ने जनाएको छ । विभागले आवश्यककम कर्मचारीबाट अत्यावश्यक सेवा सूचारु गर्न शुक्रबार सूचना मार्फत निर्देशन दिएको हो ।