Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बजेट संशोधन गर्न विनोद चौधरीको माग

२०७७ जेष्ठ १८ गते

बैंकिङ खबर । उद्योगी तथा कांग्रेस सांसद विनोद चौधरीले बजेट संशोधन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथि धारणा राख्दै चौधरीले सरकारले प्रक्षेपण गरे अनुरुप आगामी आर्थिक वर्षमा राजस्व असुल हुन नसक्ने बताउदै बजेट संशोधनको माग गरेका हुन् । यस्तै, कोरोनाका कारण अर्थतन्त्र र उद्योग क्षेत्रमा उत्पन्न समस्याको हल गर्नका लागि बजेट संशोधन गर्नुपर्ने उनको धारणा रहेको छ । बजेटमाथि धारणा राख्दै उनले १० खर्बको राजस्व संकलन गर्ने सरकारको प्रक्षेपण पनि सफल नहुने उल्लेख गरे ।
कोरोनाको माहामारीले उद्योग व्यवसाय बन्द, बजार बन्द, यातायात बन्द हुँदा दिनहरु कस्टकर बन्दै गएको र यसले भविष्यमा अझ संकट निम्त्याउन सक्ने उनको भनाई छ । यस्तै, अब रेमिट्यान्सको गीरावट, रोजगारी गुम्ने बताउदै यसमा सरकारको विशेष ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए ।
त्यस्तै उनले कोरोनाबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि आफूहरूले २ सय ५० अर्बको अनुदान दिन सरकार समक्ष प्रस्ताव राखेको बताउँदैै सरकारले घोषणा गरेको राहत कार्यक्रममा यातयात, शिक्षण, निर्माण र ठूला आयोजना समावेश नभएकाले त्यस्ता क्षेत्र धरासायी बनेमा त्यसको प्रभाव बैंकिङ क्षेत्रमा पनि पर्ने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

Ad