बैंकिङ खबर । नेपालमा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो। यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । संक्रमित मध्ये हालसम्म २२० जना निको भएका छन् ।
नेपाल राष्ट्र बैंक
थप १६६ जनामा कोरोना संक्रमण देखिए सँगै संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो
२०७७ जेष्ठ १८ गते