बैंकिङ खबर । नेपालमा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो। हालसम्मका कुल संक्रमित मध्ये २२० जना निको भएका छन् ।
