Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सानो पूर्वतयारीद्धारा यस देशले आफ्ना नागरीकलाई कोरोनाबाट बचायो

२०७७ जेष्ठ १८ गते

विश्वका शक्तिशाली मानिने देशहरु पनि कोरोना माहामारीको आगाडी घुडा टेकीरहेका छन् । यस्तो हालको जटिल परिस्थितिमा पनि त्यस्तो देश पनि छ जसले आफ्ना नागरीकहरुलाई कोरोनाको संकटबाट बचाइरहेको छ । यस देशमा कोरोनाबाट एक जनाको पनि ज्यान गएको छैन । त्यस देशमा स्वास्थ्य सुविधा पनि ज्यादै राम्रो छैन यहाँ अझ स्वास्थ्य प्रणाली कमजोर रहेको छ । त्यहाँ १०,००० मानिसहरुमा ८ जना मात्र डक्टरहरु छन् । हामी चर्चा गर्दैछौं भियतनामको जसको जनसंख्या ९.७ करोड छ । यस देशले अहिलेसम्म कोरोना भाइरसका कारण एक जना पनि नागरीकलाई गुमाएको छैन । जबकि चीनसंग यसको लामो सीमा छ र लाखौं चिनियाँ आगन्तुकहरु त्यहाँ आउँछन् ।
भियतनाम धेरै मध्यम स्वास्थ्य प्रणालीको साथै निम्न मध्यम आय भएको देश हो । विश्व बैंकका अनुसार त्यहाँ प्रत्येक १०,००० व्यक्तिको लागि ८ जना मात्र डाक्टर छन् ।

लकडाउनसँगै सामाजिक दुरी पनि हटाइयो 
त्यहाँ तिन हप्ताको लकडाउन पश्चात अप्रिलको अन्त्यमा सामाजिक दुरी पनि हटाइसकेको छ । त्यहाँ धेरै दिनदेखि संक्रमणको समेत देखिएको छैन । व्यवसाय र स्कुल खुल्ला गरीएको छ । जन जिवन विस्तारै सामान्य बन्दै गइरहेको छ । भियतनामले आफ्नो देशमा पहिलो संक्रमण देखिनु भन्दा हप्ता दिन पहिले नै कोरोना भाइरस प्रकोपको तयारी शुरु गरीसकेको थियो । जसको कारण यस देशलाई सहज भएको हो ।

Ad