बैंकिङ खबर । भक्तपुरमा प्रहरीले एटीएम फुटाउँदै गरेको अबस्थामा एकजनालाई पक्राउ गरेको छ । मध्यपुर ठिमिस्थित एनआइसी एशिया बैंकको एटीएम मेसीन फूटाउँदै गरेको अबस्थामा प्रहरीले सिन्धुपाल्चोक कदम्बास घर भई हाल भक्तपुर बस्ने २१ वर्षीय सचिन तामाङलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले एनआइसी एशिया बैंकको एटीएम मेसीन फूटाएर रकम चोर्ने योजना बनाएका थिए । प्रहरीले सूचना थाहा पाएर त्यहाँ पुग्दा एटीएम मेसीनको बाहिरी कभर तामाङले खोलिसकेका थिए। ठिमि वृत्तका प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वले तामाङलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले बताएको छ । प्रहरीले तामाङबाट ह्याम्बर र स्क्रुड्राइभर पनि बरामद गरेको छ । घटना शुक्रबार रातीको हो ।
