बैंकिङ खबर । कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल (कोमविसाप)ले आर्थिक वर्ष २०७७/७८ को सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको समीक्षा गर्दै बजेटको लागि संक्षिप्त सुझाव प्रस्तुत गरेको छ ।
कोमविसापले सरकारले जारी गरेको यस आर्थिक वर्षको नीति तथा कार्यक्रमले कोरोना महाव्याधीले पारिरहेको असर र विन्नि परीदृश्यमा पार्न सक्ने बहुआयामिक प्रभावका बारेमा आवश्यक संवेदनशीलता नदेखाइएको पाइएको जनाएको छ । तर, कोमविसापका अनुसार कोरोना भाइरसका कारण एशियाली मुलुकहरु मध्ये सबैभन्दा गम्भिर आर्थिक क्षती हुने देशमा नेपाल पनि पर्ने प्रक्षेपण सार्वजिनक भएको छ । तसर्थ , बजेटले मानवीय संकटको यस घडीमा नागरीकहरुको ज्यान जोगाउने, जोखिममा रहेका नागरीकहरुको न्युनतम जीविकोपार्जनलाई यथोचित सम्बोधन गर्ने र निराशाको वातावरणमा आशा भर्न सक्ने रोजगारी केन्द्रीत कार्यक्रम ल्याउन अनुरोध गरेको छ ।
सुझावको पूर्णपाठ