Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चुनौतीको चौघेरामा बैंक तथा वित्तीय क्षेत्र

२०७७ जेष्ठ ३ गते

बैंकिङ खबर । नेपालमा लक डाउन घोषणा भएको करीब २ महिना पुग्दैछ । पटक पटक थप गर्दै चैत्र ११ गतेदेखि जेठ ५ गतेसम्म लक डाउन घोषणा गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न शैलीबाट सेवा सूचारु राखेका छन् । सरकारले विभिन्न ४४ वटा व्यवसायहरु सुरक्षित तवरले खुला गर्ने भनेपनि कोरोना संक्रमितको संख्या बढेसँगै त्यो लागु हुन सकेको छैन । लक डाउनको पिरियडभरिमा नेपालको बैंकिङ क्षेत्रमा धेरै परिवर्तनहरु भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुको व्यवसायमा सहजता र ग्राहकहरुको सहुलियतका लागि राष्ट्र बैंकले आफ्ना केही नीतिहरु परिवर्तन गरेको छ । तर समग्र बैंकिङ क्षेत्रको कर्जा क्षेत्र संकुचनमा आउनुका साथै खराब कर्जाको जोखिम भने बढाएको छ ।

आफैमा समस्या र चुनौती
बैंकिङ क्षेत्रले सेवाका मोडेलहरु परिवर्तन गरेपनि अन्तत सबैकुरा लगानीसँग जोडिएको छ । लगानीका लागि सुरक्षित क्षेत्र मापन गर्न कठिन बन्दै गएको छ । पर्यटनमा ठुलै धक्का लागेको छ भने कृषिको बजार व्यबस्थापनकै चुनौती देखिएको छ । छिमेकी देशबाट खुल्ला नाका मार्फत आयात हुने बस्तु रोक्न नसक्दा आत्मनिर्भर अर्थतन्त्रमा ठुलै धक्का लाग्ने देखिन्छ । यसकारण पनि बैंकवित्तलाई लगानीको क्षेत्र रोज्न कठिन छ । कतिपय ऋण खराव कर्जातर्फ धकेलीने सम्भावना समेत बढेर गएको छ । यसबाहेक अन्य उपभोग्य लगानी जस्तै घर, गाडि, रोजगारी आदीको अबस्थासमेत कम्जोर हुँदा बैंकलाई बुझाउनुपर्ने व्याज, किस्ता वा साँबा बुझाउन सक्ने अबस्थामा ऋणीहरु छैनन् । यसले गर्दा सेवामूलक ढंगले बैंकहरुले विभिन्न रणनीति बनाउँदा पनि व्यबसायीक हिसावबाट भने बैंकहरु कम्जोर हुने देखिएको छ । यो अबस्था कहिलेसम्म भन्ने एकिन नहुँदा हरेक क्षेत्र आर्थिक जोखिमतर्फ धकेलीएका छन् ।

चुनौतीको चौघेरा
बैंक तथा वित्तीय क्षेत्रमा यतिवेला सबैभन्दा जटिल बनेको व्याज निर्धारण नीति हो । जो तत्काल समाधान हुने अबस्था र स्थायीत्व हुने अबस्था छैन । निक्षेपतर्फको व्याज र कर्जा तर्फको व्याज व्यबस्थापन एउटा पाटोमा चुनौती बनेको छ । त्यसैगरी लकडाउनका कारण कर्जा असुलीमा अर्को समस्या बढ्ने स्पष्ट देखिन्छ । राष्ट्र बैंकले हालका लागि केही सहुलीत दिएको छ । तर बर्तमान संकटको अबस्था लम्बीदै जाने देखिएका कारण बैंकहरुका लागि कर्जा असुली कार्य अर्को चुनौती बनेको छ । सँगसँगै हाल बैंकमा एकतिहाई कर्मचारी पनि परिचालीत छैनन् । अधिकाँस कर्मचारीहरु लकडाउनमा खाली छन् । तथापी उनीहरुको सेवा सुविधा र तलव बैंकहरुले दिनुपर्ने छ । बैंकहरु कर्मचारी कटौतीको तयारीमा छन् । तर कुन तहबाट कर्मचारी कटौती गर्ने भन्ने अर्को चुनौती बैंकहरुमाझ देखिएको छ । यसका साथै बैंकरहरुको सेवा सुविधा कटौती गर्ने प्रस्ताव आएको छ । यो प्रस्तवलाई बैंकर्स संघले पनि स्वीकारेको छ । तथापी लिँदै आएको सेवा सुविधा कटौती गर्ने पक्षमा भने बैंकरहरु छैनन् । पाउँदै आएको सुविधा कटौती पनि बैंकिङ क्षेत्रका लागि अर्को चुनौती देखिएको छ ।

Ad