Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

दुई वर्षभित्र नगदरहित बैंकिङ कारोबार

२०७७ जेष्ठ २ गते

बैंकिङ खबर । सरकारले दुई वर्षभित्र सबै सरकारी भुक्तानी नगदरहित बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७(७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले २ वर्षभित्र सबै सरकारी कारोबारलाई नगदरहित बनाउने बताउनुभएको हो । अब व्यक्ति–व्यक्तिका बीचमा हुने कारोबार र सरकारी कारोबार डिजिटल माध्यमबाट गरीने उहाँको भनाई छ । विद्युतीय भुक्तानीलाई बैंक तथा वित्तीय संस्थाले पनि प्रोत्साहन गरीरहेका बेला सरकारले पनि यसमा साथ दिएको छ ।

यस्तै, दूरसञ्चार सेवाको विस्तार गर्ने, उच्च हिमाली भेगमा ब्रोडब्याडसहितको इन्टरनेट उपलब्ध गराउने, दुई वर्षभित्र आफ्नै स्याटलाइट सञ्चालनमा ल्याउने सरकारको लक्ष्य रहेको छ ।