Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्सको नाफामा सुधार, खुद बीमाशुल्कमा उल्लेख्य वृद्धि

२०७७ जेष्ठ २ गते

बैंकिङ खबर ।  प्रभु लाइफ इन्सुरेन्सको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले १५ करोड २२ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसले १४ करोड रुपैयाँ नाफा कमाएको थियो । यस्तै, कम्पनीको खुद बीमाशुल्कमा वृद्धि भएको देखिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २४ करोड ८४ लाख खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५० करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १ सय ९७ रुपैयाँ रहेको छ ।