Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आजदेखि संसदमा प्रि–बजेट छलफल

२०७७ बैशाख २८ गते

बैंकिङ खबर । संसदमा आजबाट बजेट पूर्वको छलफल सुरु हुने भएको छ । छलफलका लागि प्रतिनिधि सभा ११ बजे र राष्ट्रिय सभा २ बजेका लागि बोलाइएको छ। बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुवै सदनमा आर्थिक वर्ष २०७७/७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गरेर छलफल सुरु गर्ने जनाइएको छ । यसरी दुवै सदनबाट बजेटका सिद्धान्त र प्राथमिकताबारे अर्थमन्त्री खतिवडालाई सुझाव दिइनेछ, र यस सुझावलाई नीति तथा कार्यक्रम बनाई खतिवडाले नीति तथा कार्यक्रम ल्याउने छन् । उक्त नीति तथा कार्यक्रमको आधारमा बजेट आउनेछ।

Ad