Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ क्षेत्रका सबै शाखा खुल्दा सेवाग्राही कति आउलान् ?

२०७७ बैशाख २६ गते

बैंकिङ खबर । बैंक तथा वित्तीय क्षेत्रका अधिकाँस शाखा अब खुल्ने छन् । शाखा खुल्दै गर्दा केही मानिसहरु रकम झिक्न र चेक साट्न जाने छन् । सरकारले ४४ किसिमका व्यबसाय संचालन गर्ने निर्णय गरेपछि ती व्यबसायसँग जोडिएका कार्यालयहरुको चेक साट्ने र जम्मा गर्ने काम हुने छन् । यति कामका लागि मात्रै के बैंक वित्तका सबै शाखा खोल्न आबश्यक छ ? एउटा प्रश्न भने उठीरहेको छ । यसबारेमा बैंकहरुले सरकारको निर्णय मान्नु पर्ने दायत्वि मात्रै देखिन्छ । सुरक्षाकर्मीले ठाउँठाउँमा चेक गरेर मानिसलाई फर्काउने गरेको छ । यस्तो बेला सन्त्रासका बाबजुत बैंक पुग्नेहरुको संख्या धेरै हुने छैन । अहिले लोनको काम भएको छैन । पुँजी परिचालनका कामहरु ठप्प प्राय छन् । कर्जा, साँवा र किस्ता भुक्तानीको म्याद असार मसान्तसम्म सारिएको छ । बैंक खुल्ने तर बैंकसम्म जान नपाउने अबस्था भने ज्यूका त्यू छ । हिडडुलमा कडाई गरिँदा खुलेका निकायले दिने सेवा कत्तिको प्रभावकारी हुन सक्लान् ?

अब अधिकाँस शाखा संचालनमा
अब बैंकका सबै शाखा कार्यालयहरु खुला हुने छन् । सरकारले लकडाउनकै बिच पनि उद्योगहरु खुला गर्ने भएपछि बैंकहरुले सबै शाखा कार्याल्य खोलेर सेवा दिने छन् । शुक्रबारबाटै गरिएको यो प्रयास आइतबारबाट बढी लागु हुने छ । यसअघि बैंकहरुले आंशिक रुपमा मात्रै सेवा प्रदान गरिरहेका थिए । अब भने सबै ठाउँका शाखाहरु खोल्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनका अनुसार सबै ठाउँका शाखा कार्याल्यहरु खोल्न सबै बैंकहरुलाई सूचना भइसकेको छ । केहि साह्रै समस्यामा परेका शाखाहरुबाहेक अन्य खुला हुने छन् । मन्त्रिपरिषद् बैठकले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने भनेर निर्णय गरेको थियो ।

 

Ad