Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

३० करोड मानिसले रोजगारी गुमाए, थप करोडौंको रोजगार जोखिममा !

२०७७ बैशाख २१ गते

बैंकिङ खबर । कोरोना संक्रण र लकडाउनका कारण सन्सारमा करोडौ मानिसले रोजगार गुमाउने भएका छन् । कैयौं मुलुकहरुमा लकडाउनको समय अवधि अझै लम्बीने अबस्था सृजना भएको छ । जसले गर्दा बेरोजगारीको संख्या यकिन गर्न सकिने अबस्था छैन । तर संयुक्त राष्ट्र संघको श्रमिक इकाई अन्तर्रािष्ट्रय श्रम संगठन (आईएलओ) का अनुसार जुन महिनाभर सम्म करीव ३०.५ करोड मानिसको सधैको लागि जागीर जान सक्ने सम्भावना रहेको छ । कोरोना भाइरस महामारीको कारण संगठनले जागीर जान सक्नेको पूर्वानुमान फेरी बढाएकोे हो । यस संस्थाले अघिल्लो पूर्वानुमानमा १९.५ करोड मानीसको रोजगारी गुम्ने उल्लेख गरेको थियो ।

संगठनले महामारी नियन्त्रण गर्न विश्वव्यापी लकडाउन बढेकाले यसको अनुमान पनि परिवर्तन गर्नुपरेको बताएको छ । संगठनले महामारीका कारण अनौपचारिक क्षेत्रका १.६ अर्ब कामदारलाई जीविकोपार्जनको खतरा बढीसकेको जनाएको छ, किनभने महामारीका कारण उनीहरुको आयस्रोत गुमिसकेको छ ।

एजेन्सीका अनुसार रिटेल र मैन्युफैक्चरिंग रिस्क जस्ता गम्भीर संकटको क्षेत्रमा ४३ करोडभन्दा बढी इंटरप्राइजेज जोखिममा छन् । आईएलओका अनुसार पहिलो महिनामा लकडाउनका कारण मजदुरहरूको आम्दानी ६० प्रतिशतले घटेको छ । अफ्रिका र अमेरिकामा ८० प्रतिशत, युरोप र मध्य एशियामा ७० प्रतिशत र एसिया र प्रशान्तमा २१।६ प्रतिशतले गिरावट आएको छ ।

Ad