बैंकिङ खबर । सरकारले पुनरकर्जाको १ खर्ब रुपैयाँ पुर्याएको छ । कोरोना प्रभावका कारण राहत प्याकेज अन्तर्गत ४० अर्ब रुपैयाँ थप गरी पुनरकर्जा १ खर्ब रुपैयाँ पुर्याइएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले पुनरकर्जा कोषको आधार एक खर्ब रुपैयाँको बनाएको बताए । सरकारका प्रबक्ता समेत रहेका उनले कोरोना प्रभावित व्यवसायीलाई सहुलियत ब्याजदरमा ऋण दिनका लागि पुनकर्जाको कोष बढाएको बताए । बैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सुनाउने क्रममा विहीबार मन्त्री खतिवडाले ६० अर्बको पुनरकर्जा कोषलाई १ खर्बको बनाउने निर्णय गरिएको बताए । सरकाको निर्णयअनुसार राष्ट्र बैंकले काम अघि बढाउने बताइएको छ ।
