बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थामा ऋणको व्याज कसरी घटाउने र कति घटाउने भन्नेमा अन्यौलता सृजना भएको छ । यसबारे बैंकरहरु छलफल मै केन्द्रीत छन् । बैंक संचालक र बैंकरहरुबीच व्याज घटाउने बारेमा केही विवादहरु उत्पन्न भएका छन् । यसले गर्दा पनि बैंकिङ व्याजका बारेमा थप अन्यौलता बढेको हो । बैंकहरुले जेष्ठ १ गतेबाट ऋणको व्याज घटाउने बताउँदै आएका छन् । तर व्यज कति घटाउने भन्ने यकिन भइसकेको छैन । यस अघि बैंक संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघले गरेका केही निर्णयलाई बैंकका सिइओहरुको संस्था बैंकर्स संघ र राष्ट्र बैंकले समेत मान्यता नदिने बताइसकेका छन् । नेपाल राष्ट्र बैंकले अर्थमन्त्री तथा अर्थमन्त्रालयको निर्देशन विपरीत काम गर्ने अबस्था छैन । नीजि क्षेत्रसँग जोडिएका नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले ऋणको व्याज पाँच प्रतिशतले घटाउन माग गरेका छन् । तर बैंकहरु बढीमा २ प्रतिशत भन्दा बढी व्याज घटाउने पक्षमा छैनन् । त्यसमा पनि उनीहरुले सरकारबाट १ प्रतिशत र बैंकहरुले निक्षेपमा घटाएको १ प्रतिशत गरी २ प्रतिशतको व्यबस्थान गर्न खोजेका छन् । बेंकरहरुले सरकारबाट १ प्रतिशत को व्याज पाए १ प्रतिशत थप गरेर २ प्रतिशत ऋणको व्याज घटाउने पहलमा छन् । यस अघि बैंकरहरुले बैशाख १ गतेबाटै लागु हुनेगरी निक्षेपतर्फ व्याज घटाइसकेका छन् ।