Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रिय व्यापार संघद्धारा ‘व्याज र घरभाडा’ मिनाहा सहितको राहत ल्याउन सरकारलाई आग्रह

२०७७ बैशाख १३ गते

बैंकिङ खबर । राष्ट्रिय व्यापार संघले विश्वव्यापी महामारी संक्रमणको रुपले फैलिरहेको कोरोना भाईरसको कारण व्यवसायीहरु मारमा परेको जनाएको छ । संघले महामारीले सिर्जना गरेको लकडाउनको कारणले समयमै ऋण को भुक्तानी, उधारो तथा सरसापटी चुक्ता गर्न नसक्ने अवस्था सिर्जना भएकोले नेपाल सरकारबाट निम्न तथा मध्यम स्तरिय व्यवसायीहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिएको छ । व्यवसायीहरुलाई धरासायी हुनबाट जोगाउनु राज्यको दायित्व भएको उल्लेख गर्दै बैक, वितिय संस्था र सहकारी संस्थाहरुको ब्याजको मिनाहा गर्न, घरभाडा मिनाह गर्न र नेपाल सरकारलाई भुक्तानि गर्नुपर्ने कर दायित्वको मिनाह एवं सरलीकरण लगायत विविध आर्थिक सहजिकरणका प्याकेजहरु तत्काल उपलब्ध गराउन अनुरोध गरेको छ । व्यवसायीहरुले चैत्र ११ गतेका दिन देखि व्यवसाय बन्द गरि सेल्फ क्वारेन्टाईनमा बसि राज्यलाई सहयोग गर्दै आईराखेको र सामान्य मर्कामा परेका व्यक्तिलाई राहत उपलव्ध गराइएको पनि व्यापार संघले जनाएको छ । संघका महासचिव बैकुण्ठ दाहालद्धारा जारी विज्ञप्तिमा कोरोना महामारीले उठ्नै नसक्ने गरि पछारीएको परिस्थितिमा व्यवसायीलाई प्रेरित गरी अविभावकिय दायित्व निर्वाह गर्न सरकारसँग माग गरिएको छ ।

Ad