बैंकिङ खबर । नेपाल चेम्वर अफ कमर्सले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी १७ बुँदे सुझाव दिएको छ । सुझाव पत्रमा मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सो को मूल्याङकन गर्न भनिएको छ । अर्थतन्त्रमा कोरोना भाइरसले पारेको असरबारे अध्ययनका लागि बनाइने समितिमा निजी क्षेत्रको सहभागिता माग गरिएको छ । सरकारबाट प्राप्त सबै प्रकारका सुविधा एकद्वार प्रणाली मार्फत दिइनुपर्ने तथा व्यापार व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट बिभिन्न शिर्षकमा कर्जा दिएर राष्ट्र बैंकले पुनर्कर्जा सुविधा दिलाउनुपर्नेमा जोड दिइएको छ । सरकारी प्रकृया पूरा गरेर उद्योग व्यबसाय विस्तारका लागि सहयोग गर्नुपर्ने र चालू ऋणमा १० प्रतिशत थप गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । बैंक तथा बित्तीय संस्थाबाट लिएको कर्जामा ४ प्रतिशत सरकारी अनुदान र २ प्रतिशत बैंकबाट सहुलियतको व्यवस्था माग गरिएको छ । साथै साँवा र ब्याज भुक्तानीमा कम्तीमा ६ महिनाको समय अवधि थप गर्नुपर्नेमा चेम्बर अफ कमर्शले जोड दिएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको टोली गभर्नरलाई भेट्न गएको थियो ।
मुख्य
चेम्बरले भेट्यो गभर्नर : ऋणमा ४ % सरकारी अनुदान र २ % बैंकबाट व्याज सहुलीत माग
२०७७ बैशाख २ गते