बैंकिङ खबर । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायीहरु कर्मचारीलाई तलव खुवाउन नसक्ने अबस्था रहेको भन्दै सोका लागि बैंकसँग २ प्रतिशत व्याजमा ऋण दिलाउन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी उक्त माग गर्दै अन्य समस्याहरु बताएको हो । कोरोना नियन्त्रण र लकडाउनका कारण उद्योग व्यवसाय संचालन गर्न नसकिएको अबस्थामा बैकहरुबाट स्वीकृत सीमा भन्दा १० प्रतिशतसम्म बढी कर्जा दिन समेत माग गरेको छ । यस्तो ऋणको म्याद चारमहिनासम्मको दिनुपर्ने माग गरेको छ । महासंघले उद्योग, कारखाना, कृषि, पर्यटन जस्ता क्षेत्र बन्द भउका कारण कर्मचारीलार्य तलव खुवाउन दुई प्रतिशत ब्याज दरमा ऋण दिन र उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दिका आधारमा २ वर्षभित्र तिर्ने व्यवस्था मिलाइदिन पनि माग गरेको छ । भेटमा गभर्नर अधिकारीले अर्थतन्त्रमा कोरोनाको प्रभावका बारे राष्ट्र बैंकले अध्यन सुरु गरेको भन्दै महासंघका मागहरुलाई अध्ययन गर्ने बताए ।