Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कोरोना र लकडाउनले लघुवित्तका सदस्यहरुलाई बढी प्रभाव पारेको छ

२०७६ चैत्र ३० गते

कोरोना संक्रमणको सन्त्रास र लकडाउनका कारण वित्तीय क्षेत्रमा बढी प्रभावित हुने देखिएको छ । ग्रामिण अर्थतन्त्र र विपन्न बर्गसँग जोडिएका कारण लघुवित्तकर्मीहरुलाई काम गर्न केही असहज भएको छ । लकडाउनको समयमा पनि लघुवित्तहरुले केही शाखा मार्फत सेिवा सुचारु राखेका छन् । लघुवित्तका शाखाहरु धेरैजसो ग्रामिण क्षेत्रमा छन् । लघुवित्तकर्मीलाई त्यहाँसम्म पुगेर सेवा दिनुपर्ने अबस्था छ । यसै सन्दर्भलाई लिएर ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीसँग अपेक्षा ढुंगानाले गर्नुभएको कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत गर्दछौं ।

 लकडाउनमा लघुवित्तहरुको सेवा कस्तो छ ? लघुवित्तकर्मीको अबस्था के छ ?
सबैभन्दा पहिला के बुझ्न आवश्यक छ भने लघुवित्तका अधिकाशं कामहरु फिल्डमा नै हुने गर्छन् । जब नेपाल सरकारले आफ्ना नागरीकहरुलाई अनुरोध गरीसकेको छ अत्यबश्यक काम बाहेक घर वाट वाहीर ननीस्कीनु भनेर। यस्तो अवस्थामा लघुवित्तकर्मीहरु फिल्डमै गएर कार्यक्रम संञ्चालन गर्ने कुरा हुँदैन । तथापी लघुवित्तकर्मी साथीहरुले यस्तो विपत्तीमा आफ्ना ग्राहक सदस्यहरुलाई अप्ठयारो पर्न सक्छ भनेर ठाउँठाउँका शाखा कार्यालयहरु संचालन गर्नुधएको छ । सुरक्षीत साथ सम्पुर्ण सुरक्षाका सामाग्रीहरु प्रयोग गरेर बचत झिक्न आउने ग्राहक सदस्यहरुलाई उहाँहरुको समस्या हल गर्दै वतच रकम उपलब्ध गराउने काम भइरहेको छ ।

कोरोना माहामारीको प्रभाव र लकडाउनको प्रभावले लघुवित्त क्षेत्रमा कस्ता समस्याहरु आउनसक्ने देख्नुहुन्छ ?
विश्वव्यापी रुपमा फैलीएको कोरानाले समस्या नल्याउने भन्ने त कुरै भएन । ब्लुमवर्गले हालै गरेको अध्यन हेर्नुभयो भने पनि विश्वको आर्थीक अवस्था सन् २००८ को आर्थीक मन्दी भन्दा पनि खराब रहने निश्कर्ष नीकालेको छ । लघुवित्तका ग्राहक भनेका हुने खाने भन्दा पनि हुँदा खाने विपन्न वर्ग बढि छन् र कोरोनाबाट सबै भन्दा बढि प्रभाबित पनि उनीहरु नै भएको हुँदा उनीहरुको अहिले दैनीकी गुजरा मै समस्या परिसकेको छ । लक डाउन लम्बीदै जादाँ उनीहरुको आर्थीक अवस्था झन् तल जाने निश्चीत छ । यसको कस्तो असर होला भन्ने कुरा अहिले नै आकँलन गर्दा अलि हतार हुन्छ जस्तो लाग्छ । यो कोरोनाको प्रभाव अझ कति लामो समय सम्म रहन्छ भन्ने कुराले डिटरमाईन गर्छ ।

लकडाउनको समयलाई लघुवित्तकर्मीहरुले कसरी सदुपयोग गरीरहेका छन् । र लकसरी सदुपयोग गर्न उचीत होला ?
लघुवित्त क्षेत्रमा लगभग पौष मसान्त सम्ममा १९००० जना रोजगारीमा आवद्ध हुनुहुन्छ जागीरे जिवनमा लामो समय घर बस्न पाएको यो पहिलो नै हो जस्तो लाग्दछ । यो आफुले सिक्ने कुराहरु सिक्नका लागि सबैभन्दा उक्तम समय हो । लकडाउन भयो भनेर चिन्ता लिनु पर्ने होइन । बुकहरु पढ्ने, घरका अभिभावकहरु सीत कुरा गर्ने, अनलाइन ट्रेनीङहरु भईरहेका छन् आफ्नो ईच्छा अनुसार भाग लिने र लकडाउन पुर्ण रुपमा पालना गर्ने, घरका पविारलाई सोहीअनुसार गर्न लगाउदै कोरोनाको प्रभाव फैलन नदीन र सरकारको निर्णय पालना गर्दै एउटा असल नागरीकको रुपमा आफ्नो भुमीका निर्वाह गर्दा राम्रो हुन्छ जस्तो लाग्छ ।

लघुवित्तका ग्राहकहरु कृषी र ससाना उद्यमीहरु छन् कर्जा र किस्ता असुलीमा भविश्यमा ठुलै समस्या आउला ? के देख्नुहुन्छ ?
जब मानीसको आम्दानीकै स्रोत बन्द भएपछि उसले किस्ता समयमै तिर्ला भनेर कसरी सोँच्ने । लक डाउनले किराना, खाद्यान्न, मेडीकल तथा अत्यावश्यक वाहेक सबै बन्द छ । किसानले गाउँमा उत्पादन गरेको वस्तुहरु शहरमा पुराउने अवस्था छैन । साना साना पसलहरु चियापसल, खाजा नास्ता पसल, होटलहरु लगायत अन्य सेवाहरु ठप्पै रहेको छ । कुखुराहरु लागत मुल्य भन्दा कममा बेच्न बाध्य छन्, दुधहरु पोख्न बाध्य छन् यस्तो बेलामा समस्या आउँदैन भन्ने कुरै हुँदैन । किस्ता असुलीमा समस्या आउँछ तर त्यो भन्दा पनि पहिला त कोरोनाबाट मुक्त हुने विषयनै महत्वपूर्ण छ । कोरोना मुक्त भएपछि पहिलेकै अबस्थामा कसरी फर्कने भनेर सोँच्नुपर्दछ । ग्राहकहरुलाई यती खेर आर्थीक क्षती मात्रै होईन मानसीक रुपमा पनि असर परेको छ, प्रायजसो घरका मानीसहरु बैदेशीक रोजगारीमा छन् उनीहरुलाई के होला कसो होला भन्ने चिन्ता ब्यक्त गरीरहेको अवस्था छ, ब्यापार ब्यवसाय बन्द छ । तसर्थ यस वारेमा सम्बधित निकायको ध्यान जान जरुरी छ । आवश्यकता अनुसार सम्बन्धित निकायले ग्राहक सदस्यमैत्री निति नियम ल्याई सहजीकरण गर्नुपर्ने देखीन्छ ।

लघुवित्तका सदस्यहरुलाई राहत स्वरुप ब्याज छुटको सम्भावना र आवश्यकता के देख्नुहुन्छ ?
ब्याज छुट समस्या समाधान होईन, अहिले छुट दिईयो भने भविश्यमा कोरोन १, कोरोना २, कोरोना ३ तथा अन्य विपतहरु आउँदैनन् भन्ने होइन । यसलाई अध्यन गगरेर संस्थागत ढंगले एउटा आधिकारीक रुपमा अध्यन गरेर कोरोनाको प्रभाव र यसले पुर्याएको आर्थीक तथा मानसीक क्षतीको अध्यन गरी नियमन निकाय सहित छलफल गर्दा प्रभावकारी हुने देख्छु । सरसर्ती हेर्दा के सुविधा दिन सकिन्छ पुनःकर्जाहरुको ब्यवस्था गरी ब्यवसाय विस्तार गर्ने हुन्छ कि, किस्ता पछाडि सार्ने हुन्छ कि ? के गर्दा उपयुक्त हुन्छ त्यो सहजीकरण नीयमनकारी निकायले पनि बनाउनुपर्छ । यसबारेमा संस्थागत रुपमा र नियमनकारी निकायसँगको छलफल र अध्ययनपछि एउटा निश्कर्ष अनउला । अहिलेको अबस्था कति लामो समयसम्म रहन्छ भन्ने नै एकिन नभएकोले पछिका समस्याहरु निश्चय नै धेरै छन् । तथापी अहिले पनि अन्यौलकै अबस्था रहेको छ ।

यस्तो अवस्थामा राष्ट्र बैकले लघुवित्तलाई कसरी सम्बोधन गर्नुपर्ला ?
लघुवित्त क्षेत्र वित्तीय क्षेत्रमा कुल कर्जामा ८ प्रतिशत कर्जाको हिस्सा छ भने लगभग ३ प्रतिशत बचतको हिस्सा छ । जुनसुकै किसिमले लघुवित्त क्षेत्रलाई असर परो भने पनि वित्तीय बजारमा यसले प्रभाव पार्ने देखीन्छ । तसर्थ राष्ट्र बैकंले यस लघुवित्त क्षेत्रलाई पनि सुक्ष्म रुपमा निगरानी गरी सरोकारवालाको राय लिई असर र आवश्यकताका आधारमा समयानुसार विभिन्न किसिमका राहतका सुविधाहरु दिनु पर्दछ जस्तो लाग्छ अहिले नै यस्तो सुविधा देउ भन्दा अलि हतारो हुन सक्छ ।

नयाँ गभर्नरज्युको आगमन भएको छ नयाँ गभर्नरज्यु लाई यहाँका केही सुझाबहरु ?
सर्वप्रथम नयाँ गभर्नरज्युलाई हार्दीक बधाई दिन चाहान्छु । वित्तीय क्षेत्रले एउटा असल अभिभावक पाएको छ । उहाँलाई नेपालको बैकीङ क्षेत्रको पुर्ण ज्ञान छ । लामो समय नेपाल राष्ट्र र्माबैंकमा पविारको रुपमा रहनुभएको उहाँ अहिले अभिभाबक बनेर आउनु भएको छ । उहाँको नियुक्ती संगसगै कोरोनाका कारण पनि वित्तीय क्षेत्रलाई निकै असर पर्ने देखीएको छ । आगमी दीनमा कोरोनावाट प्रताडीत अर्थतन्त्रलाई उठाउँन उहाँको योगदान रहनेछ भन्ने लाग्छ । साथै उहाँको कार्याकालमा वित्तीय क्षेत्रमा देखीएका समस्याहरु समाधान हुनेछन् भनेर आशा गर्न सकिन्छ । उहाँको कार्याकाल सफल रहोस भन्ने अग्रिम शुभकामना दिन चाहान्छु ।

अन्त्यमा केही भन्नुहुन्छ ?
विश्वभर महामारीको रुपमा देखापरेको कोरोनाले मानबजातीलाई नै तरङ्गीत बनाईदीएको छ । आज प्रायजसो मुलुकहरु लकडाउनको अबस्थामा छन् । सबैजना घरमै बस्नुहोस्, अहिले हतारीने आत्तिने समय होइन । आफू र आफ्नो परिवारलाई सुरक्षित राख्नुहोस् । विस्तारै समस्याहरु समाधान हुन्छन् । विश्वमा यस अघि पनि विश्वयुद्धहरु भएका थिए । समय अनुसार चल्लनु नै मानवता हो । यो असहज परिस्थितिमा एकले अर्कोलाई सहयोग गरेर जीवन चलाउने अबस्था हो । अफ्ठ्यारोमा परेकालाई सबैले सहयोग गरौं यही भन्न चाहान्छु ।

Ad